अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्र बैंकले रेमिट कम्पनी मर्जरको नीति लिएको छ: चन्द्र ढकाल

राष्ट्र बैंकले रेमिट कम्पनी मर्जरको नीति लिएको छ: चन्द्र ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको बताउनु भएको छ।

आइएमई र जिएमई रेमिट गाभिएर आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु गर्न भएसँगै आयोजित कार्यक्रमा बोल्दै उहाँले राष्ट्र बैंकले लिएकाे रेमिट कम्पनीको मर्जरको नीतिकाे पहिलो कार्यान्वयनकर्ता आफूहरू बनेको पनि दाबी गर्नुभयो।

अध्यक्ष ढकालले ‘रेमिट्यान्स’ अहिले करीब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंककाे तथ्याङ्क रहेको बताउनुभयो। उहाँले आइएमई सुरुआतको समय करीब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स’ अहिले ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको धारणा पनि राख्नुभयो।

नेपालमा आउने रेमिट्यान्सको ५० प्रतिशत बजार हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको पनि अध्यक्ष ढकालले बताउनु भयो। साथै, सरकार तथा नियामक राष्ट्र बैंकले ल्याउने नीतिनियमको कार्यान्वयनमा आइएमई ग्रुप अग्रस्थानमा रहेको उहाँले ढकालको दाबी छ।

‘राष्ट्र बैंकले बैंकको पुँजी बढाउन एकापसमा गाभ्ने नीति ल्याउँदा त्यसको कार्यान्वयनमा हामी सदैव पहिलो पङ्क्तिमै उभिने गरेका छौँ । विभिन्न २१ बैंक तथा वित्तीय संस्था गाभिएर ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ,’