अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ: शिक्षामन्त्री भट्टराई

अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ: शिक्षामन्त्री भट्टराई


विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराउनु भएको छ।

बुधबार मन्त्री भट्टराईले कक्षा-१२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण) मा परेका विद्यार्थीहरूको शुल्क फिर्ता गर्ने बताउनुभएको हो।

शिक्षामन्त्री भट्टराईले भन्नुभएको छ, ‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउँदछु।’