अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रविलाई ढकालको प्रश्न: तपाईंको पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्न आँट छ ?

रविलाई ढकालको प्रश्न: तपाईंको पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्न आँट छ ?


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले पार्टीलाई स्पष्टीकरण बुझाउनु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरकणको जवाफ दिनुहुँदै स्पष्टीकरण बुझाउनु भएको हो। उहाँले यसै सन्दर्भमा पार्टी सभापति रवि लामिछानेमाथि प्रश्न गर्नुभएको छ। उहाँले सभापति लामिछानेमाथि सहकारी, पासपोर्ट र गृहमन्त्री भएका बेला गरेको कामको बारेमा प्रश्न उठाउनु भएको छ।

ढकालले लामिछानेले पासपोर्ट दुरूपयोग गरेको उल्लेख गर्नुहुँदै सबै पासपोर्टको पाना देखाउन चुनौती दिनुभएको छ। उहाँले भन्नुभएको छ, ‘तपाईंले दुईवटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ। आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घाम झैँ छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ। विद्यमान ऐन कानुन अनुसार तपाईं मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ। ततपाईंले विगतमा गरेको अपराधका लागि पार्टी बलि चढ्नु पर्ने ? आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस्। आँट छ, रवि लामिछानेज्यू ?।’