सिन्धुली-सिन्धुलीको कमलामाई नगरपालिका-२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो।
गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गीको मृत्यु भएको छ।
दुर्घटनामा ११ जना घाइते भएका छन् ।






प्रतिक्रिया