अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, स्थिति तनावग्रस्त 

भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, स्थिति तनावग्रस्त 


भक्तपुर-भक्तपुरको गठ्ठाघरमा ट्रकले किचेर स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। घटनापछि अहिले यस क्षेत्र तनावमा छ। स्थानीयहरुले स्कुटरलाई ठक्कर दिने ट्रक तोडफोड गरिरहेका छन्।  दुर्घटनापछि यस क्षेत्रमा अहिले ट्राफिक जाम छ। ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर प्रहरीले जनाएको छ। मृतक महिलाको सनाखत हुन सकेको छैन।

दुर्घटना पछि गठ्ठाघर क्षेत्र तनाव ग्रस्त रहेको र प्रहरीले रेस्कु गर्ने कार्य गरिरहेको  भक्तपुर जिल्ला प्रहरी कार्यालयका एसपी राजन कार्कीले  बताउनुभयो।

बाक्लो भिड र स्थानीयहरुको अवरोधका कारण घाइते या मृतक अझै खुलिनसकेको उहाँले जानकारी दिनुभयो। ‘स्कुटर र मान्छे दुबै १२ चक्के गाडी मुनी नै रहेको अवस्था छ, हामी रेस्कु गर्ने तयारीमा छौ, यस क्षेत्र अहिले तनावग्रस्त छ, मृतक या घाइते अहिले नै यसै भन्न सक्ने अवस्था रहेन’उहाँले भन्नुभयो।