काठमाडौं-प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर सन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशी र वरिष्ठ व्यवस्थापक उद्धव लाल कायस्थले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्नसक्ने बैँकले जनाएको छ। बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ।
२०५३ साल वैशाख ११ गते स्विकृति प्राप्त गरी २०५४ आश्विन २५ गतेबाट उडान सुरु गरेको बुद्ध एयरले हाल आन्तरिक उडानका साथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ।
ग्राहकहरुको रोजाइमा अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्रहकलाई सेवा दिँदै आएको छ।
प्रतिक्रिया