अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउँदै

अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउँदै


काठमाडौँ-भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउदै हुनुहुन्छ।

यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो। उहाँले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ।

अमेरिकास्थित विदेश मन्त्रालयका अनुसार नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ। आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा उनले छलफल गर्ने बताइएको छ।

अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् वर्मा । अमेरिकी विदेशमन्त्री एंथनी ब्लिकंनले वर्मालाई अगस्त ६ मा युक्रेनको आर्थिक अवस्था सुधारका लागि विशेष प्रतिनिधि नियुक्त गरेका थिए।