अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीद्वारा १०० दिनको उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

कोशीका मुख्यमन्त्री कार्कीद्वारा १०० दिनको उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १०० दिने उपलब्धि सार्वजनिक गर्नुभएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा १ दिन पुगेको विषेश अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले पुरा गरेका ६० काम सार्वजनिक गर्नुभएको हो।

प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन प्रदेशले आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरुलाई समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको उहाँले बताउनु भयो। आगामी वर्ष २०८२ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्न गरिएको तयारी, प्रदेशका विभिन्न ठाउँमा ट्राफिक लाइट जडान गरेको विषयलाई उपलब्धीको रूपमा सार्बजनिक गरिएको छ। कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

प्रदेश सरकारले संघीय संरचनाका अन्य निकाय भन्दा बढी प्रभावकारी रुपमा काम गरिरहेको भएपनि जनतामाझ यसको काम छैन भन्ने ढंगले मात्र प्रचार प्रसार भइरहेको भन्दै उहाँले उपलब्धिहरु सार्वजनिक गुर्न परेको बताउनुभयो। केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको उहाँले जानकारी दिनुभयो।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको एकसय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको र धनकुटाको भेडेटामा निर्माण भएको स्काईवाक उद्घाटन गरेर सञ्चालनमा ल्याएकोलगायत छन्। यसैगरी मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सिएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशिलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ।

यस्तै संखुवासभा र चीनसँग जोड्ने किमाथांङका नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटेरिनरी उपचार केन्द्र सञ्चालन गराएको र विपद्मा परेकाहरुलाई राहत तथा उद्धारमा सहयोग गरेको कुरा पनि उपलब्धिमा समावेश छन्। यस्तै पाथिभरा, हलेसी, बराहक्षेत्र धार्मिक क्षेत्र समिति अनि केचना कञ्चनजङ्गा पर्यटन समिति, संघीयता कार्यन्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेकोलगायत उपब्धिहरु छन्। यस्तै प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि उहाँले बताउनु भयो।