अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी


काठमाडौं-सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ। भोटेकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ।

माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ।

प्रमुख जिल्ला अधिकरी देवी पाण्डेले भोटेकोशी साइड थामेमा ठूलो बाढी आएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हिम पहिरो हो या ताल फुटेको हो भन्ने यकिन भइसकेको छैन। बाढी आएकाले धेरै घर जोखिममा परेको छ।’