अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटघाट, सरकार सञ्चालन बारेमा कुराकानी

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटघाट, सरकार सञ्चालन बारेमा कुराकानी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा जानकारी गराउनुभएको छ ।

देउवासँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेख्नु भएको छ , ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा सभापति देउवासँग कुरा गरेको बताउनुभयो ।