विकासका लागि एकिकृत तथ्यांक प्रणाली आवश्यक हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । युके इन्टरनेशनल डेभलपमेन्टको सहयोग तथा एशिया फाउन्डेसनको आयोजनामा नेपालमा सञ्चालित डाटा फर डेभलपमेन्ट कार्यक्रमले लुम्बिनी प्रदेशको बुटवलमा दुई दिने विकासका लागि तथ्यांक कार्यशाला सञ्चालन गरेको थियो । दुई दिन सम्म चलेको सो सिकाई आदान प्रदान कार्यशालामा राष्ट्रिय योजना आयोग र तथ्यांक कार्यालयका सचिव, प्रदेश योजना आयोगका सचिव तथा अन्य मन्त्रालयका कर्मचारी, लुम्बिनी प्रदेशका विभिन्न पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा उक्त क्षेत्रमा तथ्यांक ब्यवस्थापनका क्षेत्रमा आवद्ध सरकारी एवम् गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तहगत सरकारको तथ्यांकीय क्षमतामा अभिबृद्धि गर्ने प्रमुख उद्देश्य रहेको सो कार्यक्रममा सरोकारवालाहरुले विकासका लागि एकीकृत तथ्यांक प्रणालीको खाँचो रहेको औँल्याएका थिए ।
पहिलो दिनको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव डा. तोयनारायण ज्ञवाली, राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दवाडी, तुलसीपुर उपमहानरपालिका प्रमुख टिकाराम खड्का, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल, गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु गिरी, प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, राष्ट्रिय तथ्यांक कार्यालयका सहसचिव डा. शरदकुमार शर्मा, पीएलजिएसपीका राष्ट्रिय निर्देशक गोकर्ण उपाध्यायलगायतले आआफ्ना धारणाहरु राखेका थिए । उक्त कार्यक्रमका सञ्चालक पर्शुराम उपाध्याय थिए भने कार्यक्रममा डा हेमराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका सरोकारवालाहरुले नेपालमा सञ्चालित अधिकांश योजना अनुमानित तथ्यांकमा आधारित रही अगाडि बढेको र त्यसले तहगत सरकारका कार्यसम्पादनमा समस्या उत्पन्न भएकाले तीनै तहको समन्वयमा सबै क्षेत्रको वास्तविक तथ्यांक अधावधिक हुनुपर्ने र सो का आधारमा तत्कालीन र दीर्घकालीन विकासका योजनाहरु बनाउनुपर्ने उल्लेख गरेका थिए ।
दोसो दिनको कार्यक्रममा बिभिन्न स्थानीय तहका तथ्यांकीय असल अभ्यास, डिजिटल सुशासन, लगायतका प्रक्रियाका सन्दर्भमा शुद्धोदन गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, तुलसीपुर उपमहानगरपालिकाका तथ्याक अधिकृत बाबुराम न्यौपानेले प्रस्तुती दिएका थिए । यसरी नै मिलन श्रेष्ठले लुम्बिनी प्रदेशमा सूचना प्रबिधिको प्रयोग र इ गभर्नेन्सका पहलहरु सम्बन्धी कार्यपत्र प्रस्तुती गरेका थिए । पूर्वसचिव पुर्णचन्द्र भट्टराइले प्रदेश आवधिक योजना तर्जुमाः अनुभव र सिकाइ सम्बन्धि कार्यपत्र पेश गरी तथ्यांकहरु भौचरमा मात्र सीमित भएकाले तिनीहरुलाई बाहिर ल्याउनु पर्ने चुनौति रहेको बताएका थिए ।
उक्त कार्यक्रममा पाँच जना प्यानलिष्टहरुलाई समेटी एउटा प्यानेल कार्यक्रम सञ्चालन गरेका थिए । प्यानेल कार्यक्रमको मोडरेसन पूर्व सचिव केवल प्रसाद भण्डारीले गरेका थिए भने सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव यामलाल भुसाल, राष्ट्रिय तथ्यांक कार्यालयका सहसचिव डा.हेमराज रेग्मी, तुलसीपुर उपमहानरपालिका प्रमुख टिकाराम खड्का, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल, लुम्बिनि प्रदेश योजना आयोगका पूर्व सदस्य सुदन ओलीले आआफ्ना कार्यालय तथा बिषय क्षेत्रका अभ्यासऽ समस्या तथा चूनौतिका सम्बन्धमा जवाफ दिएका थिए । कार्यक्रममा सहभागीहरुका जिज्ञासालाई प्यानलिष्टहरुले समाधान गर्ने प्रयास गरेका थिए।
यस लगत्तै इ गभर्नेन्सका सिइओ दिपेश बिष्टले यी गभर्नेन्स र डिजिटल डिजिटलाइजेसनका सम्बन्धमा व्यावहारिक रुपबाट उदाहरणसहित प्रस्तुति गर्नुभएको थियो। उहाँले यी गभर्नेन्स भनेको २०% आइटी हो भने ८० प्रतिशत सुशासन हो भन्ने कुरा उल्लेख गर्नुभएको थियो। उहाँले तथ्याङ्कलाई स्तरीय बनाउनुपर्ने र अहिलेको समयमा पेपरलेस मात्र होइन प्रिजेन्स लेस वा उपस्थिति कम गर्ने बनाउनुपर्ने कार्यपत्र पेश गर्नुभएको थियो । तथ्याङ्कलाई डिजिटलाइज्ड नगर्दा हामीले हाम्रो समय गुमाइरहेका छौं भन्ने कुरा समेट्दै तथ्याङ्क सार्वजनिक सम्पत्तिको वस्तु भएको हुँदा यो सबैको पहुँचमा राख्नुपर्छ भन्ने अवधारणा सहितको प्रस्तुति गर्नुभएको थियो।
यसैगरी पीएलजीएसपीका कार्यक्रम निर्देशक गोकर्णप्रसाद पराजुलीले तथ्याङ्क सुशासन, समन्वय र सहकार्य सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै अब तथ्याङ्कमा सपोर्ट होइन स्ट्रेन्थेन गर्नुपर्छ भन्ने कुरालाई अगाडि सार्नुभएको थियो। अहिले हामी दुईवटा नेपाल बाँचिरहेका छौं । अहिलेको समय भनेको डेटा जेनेरेट गर्ने बढाउने मात्रै होइन सोको बढीभन्दा बढी उपयोग गर्नुपर्ने प्रस्तुति गर्नुभएको थियो।
कार्यक्रममा विकासका लागि तथ्याङ्क कार्यक्रम संयोजक प्रणय स्थापितले तथ्याङ्क र प्रमाणहरू विभिन्न स्रोतहरूबाट उत्पादन र प्रयोग भइरहेको उल्लेख गर्दै गुणस्तरीय तथ्याङ्क उत्पादन हुनुपर्ने र त्यसमा सबैको ट्रस्ट कायम हुनुपर्ने, मूल्य इथिक्स अफ डेटाका समस्या हल हुनुपर्ने उल्लेख गर्नुभएको थियो। उहाँले अन्तर तह डाटा आबद्धता चुनौती भएको भन्दै आफ्नो कृतज्ञता मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा लुम्बिनी योजना आयोगका पूर्व अध्यक्षले प्रदेश तहमा पनि स्थानीय तहको जस्तै बजेट निर्माण प्रक्रिया स्पष्ट हुनुपर्ने धारणा राख्नुभएको थियो। तथ्याङ्कले कुपोषण र पूर्वाधारलाई कसरी जोड्ने त भन्ने सम्बन्धमा ख्याल गर्नुपर्ने उल्लेख गर्नुभएको थियो यसैगरी प्रदेश सरकारले आफ्नो ब्रान्डिङ कसरी गर्ने भन्ने रणनीति तय गर्नुपर्ने र तथ्याङ्कको सिस्टमका स्रोतहरु र यसका साधनहरू स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभएको थियो। तथ्याङ्कको उपभोक्ताको त्यसलाई प्राथमिकतामा राखेर तथ्यांक उत्पादन र यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा नगरिकन नेपालीकरण गरौं भन्ने विचार प्रस्तुत गर्नुभएको थियो । तथ्यांकलाई नेपालीकरण गरेमा आम जनता र सरोकारवालाहरूले सजिलै बुझ्ने विचार व्यक्त गर्नुभएको थियो ।
यसैगरी नेपाल नगरपालिका सङ्घका महासचिव तथा घोराही नगरपालिकाका मेयर नारुलाल चौधरीले राजनीतिक नेतृत्वले भन्दा पनि ब्युरोक्रेसीले स्पष्ट प्रणालीमा बस्नुपर्ने र बनाउनुपर्ने कुरा अगाडि सार्नुभएको थियो । कार्यक्रममा लामो समयसम्म कर्मचारीहरूको क्षमता विकास भएको उनीहरु नै दक्ष भएको र उनीहरूले अडानका साथ काम गरेमा स्थानीय तहका प्रमुख उपप्रमुखले पनि हस्तक्षेप गर्न गाह्रो हुने भनी आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा गोकर्णमणि दुवाडीले समग्र सरकारको शासन प्रणालीमा तथ्याङ्कको महत्व उपयोगिता समस्या चुनौती तथा आगामी दिनको यात्रा सम्बन्धी निरन्तर छलफलमा रहेको उल्लेख गर्दै तथ्याङ्क कार्यालयको स्वरूपमा केही हेरफेर भएको उल्लेख गर्नुभएको थियो। उहाँले तथ्याङ्कको सिस्टम कस्तो छ भन्ने जस्ता प्रश्नहरू उठान गर्दै गुणस्तरीय तथ्याङ्क उत्पादन मा जोड दिनुभएको थियो। यसैगरी तथ्याङ्कको विश्लेषण गरी तिनलाई नीतिमा जोड्ने र तथ्याङ्क आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभएको थियो।
राष्ट्रिय योजना आयोगका सचिवले सबै सरोकारवालाहरूले राज्य राज्य भन्ने गरेको तर राज्यको परिभाषाभित्र निम्न पाँचवटा क्षेत्र पर्ने उल्लेख गर्नुभएको थियो। ती हुन् भूगोल सरकार जनसङ्ख्या कानुनी पक्ष र सम्प्रभुता। तर कतिपय सरोकारवालाहरूले राज्यले यसो गरेन उसो गरेन भन्ने कुरा उठान गरेको हुँदा कुन पक्ष हो भनेर तोकिदियो भने कार्य गर्न सजिलो हुने विचार राख्नुभएको थियो उहाँले तथ्यांकलाई प्रतिशतमा भन्दा पनि संख्यामा प्रस्तुति गर्ने र मासिक र वार्षिक भन्दा पनि दैनिक भन्ने उल्लेख गर्ने उल्लेख गर्दै जुन देशको Hdi र pci प्रतिव्यक्ति आय राम्रो छ उसको नै तथ्याङ्क सबल भएको उल्लेख गर्नुभएको थियो। उहाँले जहिले पनि तथ्याङ्क विश्लेषणमा वा उत्पादनमा स्टार को प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभएको थियो। स्टार भन्नाले प्रणाली, कार्य वा टास्क एक्सन र अर्को परिणाम result । STAR= System, Task, Action and Result.
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिवले सरकारलाई बलियो बनाउन तथ्याङ्क बलियो बनाउँ। अहिलेको जेनेरेसन जेड z हो भने अब अल्फा Alfa जेनेरेसन आउँदैछ। त्यसका लागि तयारी हौँ। र तथ्याङ्कको प्रयोगद्वारा सेवा प्रवाहलाई छरितो बनाउँदै समयलाई घटाउनुपर्छ भन्ने कुरा उल्लेख गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली आवश्यक परेको कुरालाई महत्वका साथ उठान गर्नुभएको थियो। भने एकीकृत तथ्याङ्क प्रणाली सम्बन्धी पोर्टल को व्यवस्थापन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालय सक्षम रहेको भएको कुरा डाक्टर रेग्मीले उल्लेख गर्नुभएको थियो।






प्रतिक्रिया