अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो: प्रधानमन्त्री ओली

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने बताउनु भएको छ।

नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। उहाँले अहिलेको सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको बताउनुभयो।

सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो। भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्नका लागि होइन। भ्रष्टाचार खोजबिन र कारबाही गर्ने हो। भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ। त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ।’

सरकारले आग्रहवस कसैलाई फसाउने र कसैलाई जोगाउने कुरा सोच्न पनि नसक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘न्याय र कानून सबैका लागि हो। अनुहार र मान्छेको मुख हेरेर कुनै पनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ । हामी एउटा सुशासनयुक्त, समृद्ध आधुनिक, सुखी र आनन्दको नेपाल बनाउन चाहन्छौं।’