अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ बानेश्वरबाट शंखमुल आउने सडकको बीचमा भ्वाङ

नयाँ बानेश्वरबाट शंखमुल आउने सडकको बीचमा भ्वाङ


काठमाडौं-काठमाडौंको नयाँ बानेश्वरबाट शंखमुल जाने सडकको बीचमा भ्वाङ परेको छ। नयाँ बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा सय मिटर पर बानेश्वर मल अगाडि सडकको बीचमा भ्वाङ परेको हो।

अहिले त्यहाँ भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ। यसअघि काठमाडौं महानगरपालिका दरबारमार्गबाट कमलादीतर्फ आउने सडकमा टुकुचा खोला छोपेर बनाइएको सडकमा पनि भ्वाङ परेको थियो। उक्त सडक २४ साउनमा भासिएपछि सवारी आवागमन अवरुद्ध छ। त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ।

यसैगरी ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेकाे थियो।

बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने सडकमा भ्वाङ

काठमाडौँ उपत्यकामा सडक भासिएको यो पहिलो पटक होइन। केही महीना अघि सोह्रखुट्टेमा पनि सडकमा ठूलो भ्वाङ परेको थियो। सोह्रखुट्टे-बालाजु सडकमा सडक भासिएर पानी निस्किएको ठाउँमा थाहा नपाउँदा मोटरसाइकलसहित दुई जना यात्रु डुबेका थिए। दुर्घटनापछि मोटरसाइकलमा सवार दुई जना सकुशल बाहिर निस्किए पनि डुबेको मोटरसाइकल क्रेनको सहायतामा निकालिएको थियो।

यस्तै गत माघमा नयाँ बानेश्वरको सडकमा गुडिरहेको बस एकाएक भासियो। यात्रु बोकेर रत्नपार्कतर्फ जाँदै गरेको बस गुडिरहेकै अवस्थामा सर्भिस लेनतर्फको सडकमा भासिएको थियो।