अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा मिनीबस दुर्घटना हुँदा एक महिलाको मृत्यु, १७ जना घाइते

उदयपुरमा मिनीबस दुर्घटना हुँदा एक महिलाको मृत्यु, १७ जना घाइते


उदयपुर-उदयपुरमा मिनीबस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

त्रियुगा नगरपालिका ६ चुरे जङ्गलस्थित सडकमा उदयपुरको गाईघाटबाट सिरहा लहानतर्फ जाँदै गरेको ना १ ज ६२७९ नम्बरको मिनिबस आइतबार दिउँसो दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ भने १७ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ मोतिगडाकी ४९ वर्षीया गीता कार्की राउत रहेकी प्रहरीले जनाएको छ। गम्भिर घाइतेहरु दुई जनाको विराटनगरमा र अन्यको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बस सडकबाट करिब ३० मिटर तल खसेको थियो। तिव्र गतिमा रहेको सवारी घुम्तिमा अनियन्त्रित हुँदा दुर्घटना भएको थियो।

गाडी दुर्घटनापछि चालक फरार भएका छन्। उनको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।