अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिक मन्त्री दाहालको एक महिना : कुनै पनि सडक एक घण्टा भन्दा बढी अवरुद्ध हुन नदिने प्रतिवद्धता

भौतिक मन्त्री दाहालको एक महिना : कुनै पनि सडक एक घण्टा भन्दा बढी अवरुद्ध हुन नदिने प्रतिवद्धता


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशका कुनै पनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताउनुभएको छ । आफ्ना एक महिने उपलब्धी सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा दाहालले अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण तयारी अवस्थामा रहेकाले जहाँ पहिरो गए पनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोका कारण समस्या आइरहने भएकाले सो सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको दाहालले बताउनुभयो । मन्त्री दाहालले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो । नागढुंगा–मुग्लिङ सडकखण्ड एक घण्टाभन्दा बढी समय अवरुद्ध हुन नदिइएको उहाँको भनाइ छ ।
ूनागढुंगा–मुग्लिन सडकको हकमा सधैँभरि समस्या आइरहने ठाउँ हो । यसको बारेमा हामी एकदमै अलर्ट छौँ र एकदमै ध्यान दिएका छौँ । त्यहाँ पहिरो जाँदा हामीले एकघण्टा भन्दा बढी त्यहाँ यातायात अवरुद्ध हुन दिएका छैनौ । अहिले हामीले देशभरिका लागि दुई घण्टा भन्दा बढी रोकिनु नपरोस् भनेर हामीले उपकरणहरू स्ट्यान्डबाई राखेका छौँ, उहाँले भन्नुभयो ।

मन्त्री दाहालले सवारी चालक अनुमति पत्र छपाइको काम प्रदेशलाई पनि दिइने बताउनुभयो । उहाँले छपाइको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाइ गरेर वितरण गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।