अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीको गाउँपालिका-२ मा एक जनाको हत्या

सुनसरीको गाउँपालिका-२ मा एक जनाको हत्या


काठमाडौं-सुनसरीको गढी गाउँपालिका-२ स्थित थलाहा टोलमा एक जनाको हत्या भएको छ। गढी गाउँपालिका-२ का ५० वर्षीय ज्ञानचन्द्र ऋषिदेव गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिनुभयो।