अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ ८ गते एमाले झापा-काठमाडौं सम्पर्कले तीज विशेष कार्यक्रम गर्ने

भदौ ८ गते एमाले झापा-काठमाडौं सम्पर्कले तीज विशेष कार्यक्रम गर्ने


काठमाडौं-नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको महिला विभागले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा २०८१-बृहत् तीज  विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

२०८१ भदौ ८ गते शनिवार बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित ताज ब्याङ्केटमा विविध सांस्कृतिक कार्यकमसहित शुभकामना आदान-प्रदान एवं दर खाने कार्यक्रम गर्न लागेको एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष मनाेज दाहालले जानकारी दिनुभयो।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै झापा जिल्लाबाट काठमाडौं उपत्यकामा आई स्थायी तथा अस्थायी रूपमा बसोबास गर्नुहुने दिदीबहिनी, भाउजू-बुहारी, छोरीचेली, नेकपा एमालेका महिला सदस्यहरू र पार्टीका शुभचिन्तक, शुभेच्छुकहरूको तीज कार्यक्रममा उपस्थिति भइदिनका निम्ति सम्पर्क मञ्चको उपाध्यक्ष दाहालले अनुरोध गर्नुभएको छ। कार्यक्रम बिहान ११ बजे सुरु हुने उहाँले बताउनु भयो।

सम्पर्क मञ्चका उपाध्यक्ष मनाेज दाहालले हार्दिक अनुरोध गर्दै भन्नुभएको छ, ‘नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको महिला विभागद्वारा आयोजित तीज विशेष कार्यक्रम २०८१ भदौ ८ गते शनिवार ताज ब्याङ्केटमा बिहान ११ बजे बृहत् सांस्कृतिक कार्यकमका साथ दर खाने कार्यक्रम भएकोले झापा जिल्लाबाट काठमाडौं उपत्यकामा विभिन्न पेशा-व्यवसायी गरी बसोबास गर्नुहुने दिदीबहिनी, भाउजू-बुहारी, छोरीचेली, आमाबुवा, दाजुभाइ तथा नेता, मञ्चका सल्लाहकार, मञ्चमा आवद्ध पदाधिकरी, सचिवालय सदस्य, सदस्यहरु नगरपालिका गाउँपालिकाका महानुभावहरु, एमालेका शुभेच्छुक, शुभचिन्तक, समर्थक लगायत सम्पूर्ण मानुभावहरुलाई उपस्थिति भइ मनोरञ्जनका साथमा दर खान लागि सम्पर्क मञ्चको तर्फबाट सादर निमन्त्रण गर्दछौं।’

राजनीतिक गतिविधिका लागि संगठित भएको मञ्च भए पनि झापा सम्पर्क मञ्चले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएको जनाएको छ। तीज विशेष कार्यक्रम पनि सम्पर्क मञ्चले हरेक वर्ष गर्ने नियमित कार्यक्रम हो।