अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ०८४ सफल पार्ने उद्घोष सहित प्रधानमन्त्रीको गृह जिल्लामा समाजवादीबाट ठुलो संख्या नेता कार्यकर्ता एमाले प्रवेश

मिसन ०८४ सफल पार्ने उद्घोष सहित प्रधानमन्त्रीको गृह जिल्लामा समाजवादीबाट ठुलो संख्या नेता कार्यकर्ता एमाले प्रवेश


झापा-झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्व अध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारी सहितका नेताहरु आज एमालेका समाहित भएका हुन् । पत्रकार सम्मेलन गरेर उनीहरु एमालेमा प्रवेश गरेका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्नुभयो । उनीहरु सँगै अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमक सबै कमिटी नै एमालेमा समाहित भएको छ । कार्यक्रममा एसका राष्ट्रिय परिषद सदस्य दाहालले नेकपा एमालेको नेतृत्वमा मात्रै बामपन्थीको एकता सम्भव भएको बताउनुभयो । उहाँले एमालेको नेतृत्वमा मात्रै कम्युनिष्ट एकता सम्भव भएको धारणा राख्नुभयो ।
एमालेका केन्द्रीय सदस्य दिपक कार्कीले नवप्रवेशी सबै नेता कार्यकर्ताहरुलाई यथोचित जिम्मेवारी दिइने उल्लेख गरे । कार्यक्रममा नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुगेलले मुलुकको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा समाहित हुन सबैलाई आव्हन समेत गर्नुभयो । एस दमक नगर कमिटीका पूर्व अध्यक्ष महेश घिमिरेले अब पार्टी सदस्यता नविकरणलाई अघि बढाउने र मिसन ८४ सफल बनाउनका लागि लाग्ने प्रतिबद्धता जनाएका थिए ।
दमक र कमलबाट ७० जना नेकपा एसका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।