अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीद्वारा विश्वासको मत

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीद्वारा विश्वासको मत


लुम्बिनी-लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ। मङ्गलबार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उहाँले ७० मत पाउनुभयो ।

मुख्यमन्त्री आचार्यको विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्तीले जानकारी दिनुभयो।

आचार्यलाई नेकपा (एमाले), नेपाली कांग्रेससहित जसपाका दुई, जसपा नेपालका एक र नागरिक उन्मुक्ति पार्टीका चार सांसदले समर्थन गरेका छन्। मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन्। प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका चार तथा एकीकृत समाजवादी र जनमोर्चाका एक-एक सांसद छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा आवश्यक बहुमतका लागि ४४ सांसद सङ्ख्या चाहिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ।