अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री लेखकसँग शिक्षामन्त्री भट्टराईको माग

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री लेखकसँग शिक्षामन्त्री भट्टराईको माग


काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था गर्न गृहमन्त्री रमेश लेखकसँग माग गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गर्नुभएको हो।

त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै दम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै उहाँले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन माग गर्नुभएको छ।

‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ’, मन्त्री भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु। गुन्डागर्दी गर्ने छुट कसैलाई छैन। यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु।’

साथै उहाँले सार्वजनिक रूपमै भन्नुपर्न अवस्था आएर भनेको र  कुनै आवेगमा आएर लेखेको होइन भन्ने स्पष्टीकरण पनि दिनुभएको छ। ‘यहाँहरूले मलाई महत्त्वपूर्ण सुझाव दिनुभएकोमा आभारी छु। मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हुँ। कुनै आवेगमा आएर लेखेको होइन’, उहाँ लेख्नुहुन्छ, ‘विगत ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु।’