अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,  दुई घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,  दुई घाइते


उदयपुर-उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सुनसरीको इटहरीबाट समान लिएर उदयपुरको बेलका नगरपालिका-२ भागलपुर तर्फ जाँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

उदयपुरको चौदण्डीगढी नगरपालिका-३ हात्तिसारमा दुर्घटना हुँदा चालक तिलक राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

घाइते दुईजनाको चौदण्डीगढी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन।

ट्याक्टरमा फलामको ट्युब लोड गरिएको र सडक ओरालो भएकोले ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने स्थानीयले बताएका छन् ।