अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्रागिरिमा शंकास्पद वस्तु फेला

चन्द्रागिरिमा शंकास्पद वस्तु फेला


काठमाडौँ-काठमाडौँको चन्द्रागिरि नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ। आज बिहान  चन्द्रागिरि नगरपालिका-१२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आँगनमा  शङ्कास्पद वस्तु फेला परेको हो ।

बिहान बलम्वु नजिकै  प्रेसर कुकर बम भेटिए खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको छ। प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बिहान ८ बजे प्रहरीलाई शङ्कास्पद वस्तु फेला परेको जानकारी आयो झोलामा प्रेसर कुकर जस्तो देखिने बस्तु रहेछ हामीले सवै नागरिकहरूलाई सुरक्षित स्थानमा जान भनेका छौँ। 

घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी सकेको र नेपाली सेना आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।