अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभामा सांसदको प्रश्न प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

प्रतिनिधि सभामा सांसदको प्रश्न प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)


काठमाडौँ-सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा बिहीबार सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको छ। 

विभिन्न दलका १३ जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको हो। प्रधानमन्त्री ओलीले  प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुभएको हो। 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणप्रकाश साउदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको बताउनुभयो। 

प्रधानमन्त्रीले उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यात गरिने उल्लेख रहेको बताउनुभयो।