अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मर्स्याङ्दीमा बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार (अपडेट)

मर्स्याङ्दीमा बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार (अपडेट)


काठमाडौं-तनहुँको आँबुखैरेनी गाउँपालिका वडा-२ स्थित ऐना पहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा हालसम्म १४ जनाको मृत्यु भएको छ।

उद्वार टोलीले १४ जनाको शव फेला परेको हो भने १६ जना यात्रुको उद्धार गरिएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो।

मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ।

गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए। उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए।

बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।