अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा कांग्रेस, माओवादी र रास्वपा पार्टी परित्याग गरी एमालेमा प्रवेश 

उदयपुरमा कांग्रेस, माओवादी र रास्वपा पार्टी परित्याग गरी एमालेमा प्रवेश 


उदयपुर-उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र रास्वपा पार्टी परित्याग गरी ३६ जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार नेकपा एमाले चौदण्डीगढी नगर कमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, माओवादी र रास्वपाका लोकप्रिय नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

नेकपा माओवादी केन्द्रबाट २० जना नेपाली कांग्रेसबाट ९ र रास्वपाबाट ७ जना गरी ३६ जना एमालेमा प्रवेश गरेको एमाले उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो।

नवप्रवेशीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं उदयपुर जिल्ला इन्चार्ज मञ्जु चौधरी, उदयपुर जिल्ला अध्यक्ष भागवत राउत, उपाध्यक्ष एवं चौदण्डीगढी नगरपालिका प्रमुख कालु लामाले लगायतले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो।

यसअघि पनि चौदण्डीगढी नगरपालिकामा जनता समाजवादी पार्टीका नेता भुपेन्द्र राईको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी १६२ जना एमाले प्रवेश गरेको थियो। त्यतितबेला कोशी प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहनुभएका एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रमा बोल्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै उदयपुरमा मिसन ८४ सफलतातर्फ उन्मुख भएको दाबी गर्नुभयो। अध्यक्ष राउतले आफू पार्टीको जिम्मेवारीमा आएदेखि पार्टी प्रवेशको कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै एमालेलाई २०८४ को चुनावमा लालाकिल्लाका रुपमा स्थापित गरेर छोड्ने उल्लेख गर्नुभयो।

प्रवेश कार्यक्रममा माओवादी, काँग्रेस र रास्वपा भित्रको रवैया, सिण्डिकेड तोड्न नसकेकाले जनताको प्यारो पार्टी एमाले रोजेको बताएका छन्। १० वर्षे जनयुद्धको उदेश्य र भावनाअनुसार नेतृत्व अघि नबढ्दा देश दुर्घटनातर्फ धकलिएकाले देश बचाउने पार्टी एमालेमा प्रवेश गरेको बताए ।