अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुग्लिन-नारायणगढ सडकमा बस पल्टिदा २५ जना घाइते

मुग्लिन-नारायणगढ सडकमा बस पल्टिदा २५ जना घाइते


मुग्लिन-मुग्लिन-नारायणगढ सडकअन्तर्गत भरतपुर महानगरपालिका-२७ स्थित १७ किलो भन्ने ठाउँमा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस दुर्घटनामा परेको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो। 

पोखरातर्फ गइरहेको बसको अगाडिपट्टी ढुंगा खसेको देखेपछि चालक आत्तिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसलाई ढुंगाले भने लागेको छैन।

प्रवक्ता रिजालका अनुसार, बसमा ३३ जना सवार थिए। तीमध्ये २५ जना घाइते भएका छन्। 

घाइतेहरूको पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज र सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसका चालक भने फरार छन्।