पोखरा-पोखरा महानगरपालिका वडा-१७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना एक जना घाइते भएका छन्।
पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलकाे ग१क ४६६१ नम्बरको बस दुर्घटना हुँदा चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते हुनुभएको हो।
आज दिउँसो ३ बजेतिर अनियन्त्रित भइ बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो। बसको ठक्करपछि रोडबाट तल खसेकाे ट्याक्सीमाथि नै बससमेत खसेको प्रहरी निरीक्षक किरण थापाले जानकारी दिनुभयो।






प्रतिक्रिया