अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङमा हिमपहिरोले थुनिएको खोलाबाट बग्न थाल्यो पानी

मुस्ताङमा हिमपहिरोले थुनिएको खोलाबाट बग्न थाल्यो पानी


मुस्ताङ-मुस्ताङको थसाङ गाउँपालिका वडा-२ कोबाङमा हिमपहिरोबाट थुनिएको खोला बग्न थालेको छ।

आज दिउँसो आएको हिमपहिरोका कारण स्थानीय छिप्लुङ खोला थुनिएको थियो। उक्त खोला वडा नम्बर २ मै पर्ने बोक्से खोलामा पुगेर मिसिन्छ। खोलामा हिउँका ढिक्कासहितको पानी बग्न थालेको छ। यद्यपि, हिमपहिरो सबै खुलिसकेको छैन।

थुनिएको घट्टे खोला हो। त्यो तल बोक्सी खोलामा आएर मिसिन्छ। बोक्सी खोला कालीगण्डकीमा मिसिन्छ।

धवलागिरि हिमशृंखलाबाट खसेको हिमपहिरो छिप्लुङसम्म आइपुगेको थियो। त्यहाँ मानवबस्ती छैन। खर्कहरू भने छन्।
यो क्षेत्र जोमसोम नपुग्दै पर्छ।

२०७८ कात्तिक २८ गते पनि कोबाङ क्षेत्रमै हिमपहरो गएको थियो।