तनहुँ-तनहुँको आँबुखैरेनी गाउँपालिका वडा-२ ऐनापहाराबाट मर्स्याङ्दी नदीमा भारतीय पर्यटक सवार बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान नदीमा खसेको हो। बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको हो भने १६ जनाको उद्वार गरिएको छ।
उद्वार गरिएका १६ जना घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरुको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ।






प्रतिक्रिया