अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई एमालेमा प्रवेश 

जसपा सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई एमालेमा प्रवेश 


काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

शुक्रबार नेकपा एमाले सुनसरी जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा राई एमाले प्रवेश गर्नुभएको हो। राई लगायत एमाले प्रवेश गर्ने नेताहरूलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो।

बैठकले मिसन २०८४ लाई केन्द्रित गरी पार्टीका जिल्ला नेताहरूको कार्यविभाजन गर्नुका साथै वार्षिक कार्ययोजना र बजेट समेत निर्माण गरेको छ।

एमाले प्रवेश गर्नुभएका राईले नेपालको राजनीतिक आन्दोलनको मूलधार नेकपा एमाले नै भएकाले आफू एमालेमा समाहित भएको बताउनुभयो। देशलाई निकास दिन एमाले बाहेक अन्य दलले नसक्ने उहाँले सुनाउनुभयो । पार्टीले दिएको जिम्मेवारीमा बसेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य शेरधन राईले सानातिना मतभेदलाई बिर्सिएर पार्टीको सबै ध्यान मिसन २०८४ मा केन्द्रित गर्नुपर्ने बताउनुभयो। उहाँले २०८४ को निर्वाचनमा एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले सबै राष्ट्रभक्त नेपालीहरूलाई नेकपा एमालेमा समाहित हुन पनि आह्वान गर्नुभयो।