अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्रमा जहिले पनि शासन गर्ने सबैभन्दा बलिया पार्टीले नै हो: शंकर पोखरेल 

लोकतन्त्रमा जहिले पनि शासन गर्ने सबैभन्दा बलिया पार्टीले नै हो: शंकर पोखरेल 


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताउनुभएको छ।

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘लोकतन्त्रको मूल मान्यता नै सबैभन्दा बलियो राजनीतिक दलले शासन गर्ने भएको पोखरेलले प्रष्ट पार्नुभयो। ‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो।’

कानूनको सुधारद्वारा लोकतन्त्रलाई थप बलिया बाउन सकिने उहाँको धारणा छ। नेपालको कानुनले नै पार्टीहरूलाई बलिया हुन रोकको पोखरेलले टिप्पणी गर्नुभयो। ‘कतिपय कानून सुधार गर्दा पनि स्थायित्वको आधार बलियो बनाउन सकिन्छ’, पोखरेलले भन्नुभयो।

कानूनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलिया हुनबाट रोकेको उहाँले बताउनुभयो । जो राष्ट्रिय पार्टी हुँदैनन् उनीहरूको सांसद स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था भएको भए देशमा पार्टीको सङ्ख्या स्वतः कम हुने स्थिति बन्ने पोखरेलको धारणा छ ।
त्यस्तो व्यवस्था भएको भए राष्ट्रिय दल बन्न नसकेका दलका सांसदले आफ्नो राजनीतिक भविष्य निर्माणको लागि स्वतः बलिया राजनीतिक पार्टी खोज्ने परिस्थिति बन्ने उहाँको भनाइ छ । ‘साना राजनीतिक दललाई राजनीतिमा बलशाली बनाउने काम कानुनले गरेको छ’, उहाँले भन्नुभयो ।
जनताको बहुमत प्राप्त नयाँ राजनीतिक दल रातारात जन्मिने परिस्थिति नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । अहिले नेपालमा जुन प्रकारको अस्थिरता छ, यही अस्थिरताको बिचमा नागरिकको लोकतन्त्र प्रतिको भरोसा जोगाएर राख्न नसकिने पोखरेलले बताउनुभयो । त्यसैले मुलुकलाई बरबाद हुनबाट जोगाउन ठुला राजनीतिक दलले पहल लिनु परेको उहाँको भनाइ छ ।
पोखरेलले यतिबेला दक्षिण एसियाको राजनीति निक्कै जटिल बन्दै गएको बताउँदै त्यसैले सचेततापूर्वक अघि बढ्नु पर्नेमा जोड दिनुभयो । दक्षिण एसिया राजनीति द्वन्द्वको चपेटामा परेको उहाँको धारणा छ । व्यक्तिगत पुँजीवादको टकराब कति बलियो हुन्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । वित्तीय पुँजीवादको आपसको द्वन्द्व र वित्तीय संस्थाहरूको व्यापारिक टकराबले श्रीलङ्कामा द्वन्द्व निम्त्याएको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगले पनि समाज अराजक बन्ने पोखरेलले बताउनुभयो । त्यो अराजकताले देश नै बरबाद बनाउन सक्ने उहाँको धारणा छ ।
आर्थिक विकास वा भौतिक विकासले मात्र नागरिकका आवश्यकता र भावना सम्बोधन गर्न सकिँदैन भन्ने कुराको पाठ बङ्गलादेशबाट सिक्नु पर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक र भौतिक विकाससँगै सामाजिक विकास र मानव विकास पनि महत्त्वपूर्ण रहेछ भन्ने कुरा बिर्सन नहुने पोखरेलले बताउनुभयो । यसमा सञ्चार माध्यमको सकारात्मक भूमिका छ कि छैन भन्ने कुराले अर्थ राख्ने पोखरेलको धारणा छ ।