अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकालियो (तस्वीरहरू)

मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकालियो (तस्वीरहरू)


काठमाडौं-पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित २०८१ भदौ ७ गते मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ। पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो। उक्त बस निकाल्नका लागि आज बिहानदेखि सडक बन्द गरेर क्रेनबाट बस निकालिएको हो।

बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको थियो। सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकिालिएको हो।

बस सडकमा निकालेसँगै अब बन्द गरिएको सडक पनि खुलेको जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीले बताउनु भयो।

भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ। बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

सबै तस्बिरहरू : मुग्लिन बजार फेसबुक वालबाट