विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज झापाको गौरीगञ्ज-५ चिलहारा माझीटोलका आगलागी पीडितहरुसँग भेटघाट गर्नुभएको छ। दुई दिनअघि सो टोलमा आगलागी भएको थियो।
आगलागी पीडितहरुको बस्तीमा पुग्दै मुख्यमन्त्री कार्कीले उनीहरुलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो। उहाँलाइ पीडितहरुले आफ्ना समस्या र गुनासो राखेका थिए। माझीटोलका चार घरमा आगलागी हुँदा सम्पूर्ण रुपमा नष्ट भएको थियो।

यसैगरी मुख्यमन्त्री कार्कीले हुलाकी मार्ग अन्तरगत रतुवा खोलामा निर्माणाधीन पुलको समेत अनुगमन गर्नुभएको छ । उहाँले निर्माण कम्पनीलाई छिटो पुल निर्माण गरेर सहज आवतजावत गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । केहिदिन देखि त्यहा काम रोकिएको थियो।

मुख्यमन्त्री कार्कीले सोमबार नै झापास्थित निर्वाचन क्षेत्र अन्तरगत जारी विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गर्नुभयो। उहाँले सो क्षेत्रका पार्टी कार्यकर्ता र नागरिकहरुसँग पनि भेटघाट गर्नुभएको छ।







प्रतिक्रिया