अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकास र समृद्धिका लागि जङ्गी सुधार आवश्यक छ: महासचिव पोखरेल

विकास र समृद्धिका लागि जङ्गी सुधार आवश्यक छ: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि जङ्गी सुधार आवश्यक रहेको बताउनु भएको छ।

नेकपा एमाले केन्द्रीय प्रचार विभागको १३ औं बैठकलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो। उहाँले क्रान्तिमा च्याम्पियन भए पनि लोकतन्त्रको व्यवस्थापनमा भने केही कमजोरी रहेको पनि उल्लेख गर्नुभयो।

उहाँले जनमतकै आधारमा जङ्गी सुधार गर्न सकिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा जङ्गी सुधारका कार्य अघि बढाएको स्मरण गराउनु भयो। त्यतिबेला जङ्गी सुधारको अभियानका विरुद्धमा सिन्डिकेट चलाइरहेकाहरु, ठेक्कापट्टाका काम गर्नेहरु र सुधारका अभियान चलाउँदा आफुहरुलाई घाटा हुन्छ भन्ने ठान्नेहरु वलशाली भएर जनतालाई भड्काउने काम गरेर जङ्गी सुधारमा अवरोध गरेको पनि सस्मरण गराउनु भयो।

महासचिव पोखरेलले वित्तीय पुँजिवादको होडवाजीले दक्षिण एशियाको राजनीतिमा उथलपुथल भएको पनि स्मरण गर्नुभयो। उहाँले व्यापारिक स्वार्थको टकरावलाई राजनीतिक चश्माले हेर्दा पनि थप समस्या भएको उल्लेख गर्नुभयो।

उहाँले राजनीतिमा वैकल्पिक शक्ति भन्ने मनोगत कुरालाई नयाँ र स्वतन्त्र हुँ भन्नेहरुको आर्थिक, सामाजिक जीवनमा देखिएको छताछुल्ल अवस्थाले बिस्तारै तोड्दै गएको पनि स्मरण गराउनु भयो।

उहाँले सामाजिक सञ्जालको दुरुपयोगमा अयोग्य मान्छेलाई योग्य प्रमाणित गराउन खोज्ने र असललाई पनि खराब देखाउन खोज्ने प्रवृत्ति दुबैले दिर्घकालमा असर गर्ने पनि उल्लेख गर्नुभयो।