अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज प्रतिनिधि सभामा मन्त्री-सांसद प्रश्नोत्तर

आज प्रतिनिधि सभामा मन्त्री-सांसद प्रश्नोत्तर


काठमाडौं-प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा सांसद-मन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

संसदको कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा तथा सिंचाइ मन्त्रालयसम्बन्धी प्रश्नको मन्त्रीले जवाफ दिनेछन् ।

यसका साथै आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डसम्बन्धी पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्ने छन् ।