अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको निर्वाचन: पदाधिकारी र पोलिटब्युरो सदस्यका उम्मेदवार ? (सूचीसहित)

नेकपा एसको निर्वाचन: पदाधिकारी र पोलिटब्युरो सदस्यका उम्मेदवार ? (सूचीसहित)


काठमाडौं-नेकपा एकीकृत समाजवादीको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयनका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ। २१ जना पदाधिकारी रहने व्यवस्था रहेको एकीकृत समाजवादीमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन गरिसकेको छ।

बाँकी १८ पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा निर्वाचन हुन लागेको हो । असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले तीन पदमात्रै सर्वसम्मतीमा टुंग्याएको थियो। बाँकी १८ पदाधिकारीमा आकांक्षी धेरै हुँदा सहमति हुन नसक्दा एकीकृत समाजवादीले मंगलबार निर्वाचन गर्न लागेको हो। त्यसका लागि उम्मेदवारी दर्ता गर्दा एक वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी दर्ता भएको छ। महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । १८ सदस्य पदाधिकारीका लागि ६७ जनाभन्दा बढीको उम्मेदवारी परेको छ।

त्यसैगरी मधेशी समुदायको उपाध्यक्षका लागि धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ।

४ खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ। ४ उपमहासचिव पदका लागि लक्ष्मण केसी लगायत २० जनाको उम्मेदवारी परेको छ।
कुन पदमा कसको उम्मेदवारी ?