अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध


काठमाडौं-नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ। वरिष्ठ उपाध्यक्षकै अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो।

पार्टीको निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने सार्वजनिक गरिसकेको छैन। अन्य केहीले पनि उम्मेदवारी फिर्ता गरिरहेका कारणले केहीबेरपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा निर्वाचन समिति छ।

एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव पदमा यसअघि नै सर्वसम्मतीमा क्रमशः माधव कुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल निर्वाचित भएकसकेका छन्।