अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डलाई रघुजी पन्तको जवाफ: तपाईंलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दनलाई दिनुहोस्

अध्यक्ष प्रचण्डलाई रघुजी पन्तको जवाफ: तपाईंलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दनलाई दिनुहोस्


काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दन शर्मा वा अन्य नेतालाई दिन अनुरोध गर्नुभएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले अध्यक्ष प्रचण्डलाई सो सुझाव दिनुभएको हो।यसअघि बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले लेखा समितिको सभापति मात्र होइन प्रतिपक्ष दलको नेता पनि लिन भन्दै आक्रोश पोख्नुभएको थियो।

जवाफमा पन्तले अध्यक्ष प्रचण्डलाई उक्त पद नदिएको भन्दै माओवादी संसदीय दलको नेतालाई उपलब्ध गराउने पद भएको बताउनु भयो। ‘सुन्नुहोस् कांग्रेस-एमालेका साथीहरू, हाम्रो भूमिका खोसेर तपाईंहरू हामीलाई जनताको आवाज उठाउनबाट रोक्न सक्नुहुन्न। मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरुसँगै राख्नोस्,’ अध्यक्ष प्रचण्डले बैठकमा यस्तो भन्नुभएको थियो।

नेता पन्तले सरकार र प्रधानमन्त्री पद गुमेपछि कति औडाह र छटपटी भएकोले अध्यक्ष दाहालले आक्रोश पोखेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हिजो सत्ता जता, त्यतै प्रचण्ड भनेर स्थापित गर्ने मान्छे तपाईं हैन ?’

नेता पन्तले अध्यक्ष प्रचण्डलाई संविधान पढ्न आग्रह गर्नुभयो। उहाँले प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक पद भएकाले कसैले खोजेर नपाइने पद भएको जिकिर गर्नुभयो।