अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित

नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित


काठमाडौं-नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित हुनुभएको छ। रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिनु भएको हो। राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाउनुभयो।

यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी हुनुभएको छ। उहाँले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाउनु भयो।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मत गणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपाल निटक निर्वाचित भएका छन् । नेपालइतरबाट उपाध्यक्षमा भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित हुनु भएको छ। मत गणनाको परिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ।