अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेर्ने कथाबाट चर्चामा रहेका प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

हेर्ने कथाबाट चर्चामा रहेका प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ- ‘हराएका वर्षहरु’ शीर्षकमा हेर्ने कथाबाट चर्चामा रहेका प्रकाश तामाङलाई चाँडो नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गर्नुभएको छ। तामाङलाई सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।

प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ। साे बारे तामाङलाई पनि जानकारी दिइसकेको छ। तामाङले नागरिकता प्राप्त गरेपछि उहाँलाई आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘शुभ बिहानी !! हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

काले भनेर चिनिने १० वर्षको केटो झापाबाट गलैंचा बुन्ने कामका लागि काठमाडौं आउँछ। काठमाडौंमा केही समय बिताएपछि उमेर नपुगेको भन्दै त्यो केटो गलैंचा बुन्ने कामबाट निकालिन्छ। उसलाई टाढा, उत्तरी गोर्खाका मान्छेले भेटाउँछन् र गोठालो काम गर्न भनी २ हप्ताको बाटो हिँडाएर चुम भ्याली लिएर जान्छन्। त्यसपछि ऊ हिमालबाट कहिल्यै घर फर्किँदैन ।