अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशीमा नेताहरूको जिम्मेवारी बाँडफाँड, एक अर्का विरुद्ध कुरा लाउने खेती नगर्न कडा निर्देशन

एमाले कोशीमा नेताहरूको जिम्मेवारी बाँडफाँड, एक अर्का विरुद्ध कुरा लाउने खेती नगर्न कडा निर्देशन


विराटनगर-नेकपा एमाले कोशी प्रदेशका नेताहरूको जिम्मेवारी बाँडफाँड भएको छ। पार्टी सचिवालयको केही दिन अघि बसेको बैठकले जिम्मेवारी बाँडफाँड गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी अन्तर पार्टी निर्देशनमा उल्लेख छ।

बैठकले अध्यक्ष खतिवडालाई स्कूल विभाग र समग्र पार्टी कामको जिम्मेवारी दिएको छ। यसैगरी उपाध्यक्ष टिकाराम चेम्जोङलाई स्थानीय विकास विभागको जिम्मेवारी दिएको छ भने सचिव राजकुमार भण्डारीलाई सङ्गठन विभागको जिम्मेवारी तोकेको छ।

बैठकले सबै २५६ जना सदस्यलाई विभिन्न विभागका प्रमुख, उपप्रमुख र स्थानीय तहका इन्चार्जको जिम्मेवारी दिएको अपानिमा उल्लेख छ। पार्टीले एउटा नेताको कुरा अर्काे नेतालाई लगाउदै हिड्ने प्रवृतिलाई निरुत्साहित गर्न निर्देशन गरेको छ । एमालेका नेता कार्यकर्ताले गर्न नहुने १३ काम मध्ये कोही कसैका बारेमा कुरा लगाउदै र धाउदै हिड्ने खेती गर्न नहुने उल्लेख गरिएको छ।

बैठकले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा तेह्रथुमका लक्ष्मण तिवारीलाई तोकेको छ भने प्रेस चौतारीको इन्चार्जमा झापाका गणेश पोखरेललाई जिम्मेवारी दिएको छ। बैठकले प्रदेश कमिटीम १९ जना नेताहरुलाई मनोनयन गरेको छ।

हेर्नुहोस कुन नेतालाई के जिम्मेवारी दिइएको छ: