अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारले संविधान दिवसको तयारी, प्रदेशमा ५०१ सदस्यीय मूल समिति गठन

कोशी सरकारले संविधान दिवसको तयारी, प्रदेशमा ५०१ सदस्यीय मूल समिति गठन


विराटनगर-कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ। ५०१ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज (बुधबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो।

मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताउनुभयो। उहाँले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्म संस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरूको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ।’ यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता र मूल आयोजकले औपचारिक कार्यक्रम गर्ने तयारी छ। 

असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधान प्रति अपनत्व जगाउने कार्यक्रमहरू पनि सञ्चालन हुने छ।