काठमाडौं-एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ।
बैंकले प्रयोगकर्ताहरुलाई हवाई टिकटमा १० प्रतिशत छुट र अन्य सुविधा दिने गरी सार्वजनिक गरेको हो।
कार्ड बैंक र यती एयरलाइन्सका सबै ग्राहक पाउने छन्। यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई-कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नसक्नेछ।
यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ। साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यो कार्ड लिनका लागि ग्राहकहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नुहुनेछ। यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहक महानुभावहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्नुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ।
प्रतिक्रिया