अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।

१२ साउन २०८१ मा गते बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो। सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उपस्थिति हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त कार्यक्रम २०८४ को चुनाव लक्षित हुने जनाएको छ।