अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ १५ गते एमाले उदयपुर-काठमाडौं सम्पर्कले तीज विशेष कार्यक्रम गर्ने

भदौ १५ गते एमाले उदयपुर-काठमाडौं सम्पर्कले तीज विशेष कार्यक्रम गर्ने


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले नेपाली हिन्दू नारीहरुको महान चाड ‘हरितालिका तीज’को अवसरमा २०८१ सालको तीज विशेष साथै जितिया पर्व तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।

तीज तथा जितिया कार्यक्रम २०८१ भदौ १५ गते शनिबार दिउँसो १ बजे काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेस हलमा सांस्कृतिक कार्यक्रमसहित दर खाने कार्यक्रम गर्न लागेको हो।

नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवं एमाले उदयपुर जिल्ला इन्चार्ज मञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै उदयपुर जिल्लाबाट काठमाडौं उपत्यकामा आई स्थायी तथा अस्थायी रूपमा बसोबास गरी विभिन्न पेशा-व्यावसाय गरी बस्नुहुने दिदीबहिनी, भाउजू-बुहारी, छोरीचेली, महिला सदस्यहरू र पार्टीका शुभचिन्तक, शुभेच्छुकहरूको उपस्थिति रहने एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रीता कुमारी थापाले जानकारी दिनुभयो। काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेस हलमा तीज कार्यक्रम भदौ १५ गते शनिबारका दिन दिउँसो १ बजेदेखि सुरु हुने अध्यक्ष थापाले बताउनुभयो।

मञ्चका अध्यक्ष थापाले भन्नुभयो, ‘नेपाली नारीहरूको महान पर्व हरितालिका तीज कार्यक्रम काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा भव्य रूपमा गर्न गइरहेका छौं। सो तीज कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा महानुभावहरुलाई रमाइलोसँग नाचगान गर्दै मनाउनका लागि उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसको साथसाथै जितीया पर्व पनि सोही दिन मनाउन गइरहेको सम्पूर्ण दिदीबहिनी तथा एमाले शुभेच्छुक, शुभचिन्तक महानुभावहरूलाई जानकारी गराउँदछु।’

गत वर्ष झैं यसवर्ष पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा उदयपुरबाट काठमाडौंमा आई बसोबास गर्ने सम्पूर्ण दिदीबहिनीहरुलाई दाजुभाइहरुबीच आत्मियता साटासाट गर्दै मनोरञ्जन गराउन निम्ति २०८१ सालको तीज तथा जितीया पर्व कार्यक्रम आयोजना गरिएको एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका सचिव होम डाँगीले बताउनुभयो।

तीज तथा जितिया कार्यक्रममा काठमाडौं तथा उदयपुरका विभिन्न ठाउँबाट दुई देखि पाँच सयभन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको सम्पर्क मञ्चका सचिव डाँगी बताउनु भयो।

सचिव डाँगीले भन्नुभयो, ‘नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले तीज विशेष कार्यक्रम भदौ १५ गते शनिबार बिलुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा दिउँसो १ बजे बृहत् सांस्कृतिक कार्यकमका साथ दर खाने कार्यक्रम गर्न गइरहेको हुनाले उदयपुर जिल्लाबाट काठमाडौं उपत्यकामा विभिन्न पेशामा आवद्ध उदयपुरे सम्पूर्ण दिदीबहिनी, आमाबुवा, दाजुभाइ, मञ्चमा आवद्ध पदाधिकरी, सचिवालय सदस्य, सदस्यहरु, मञ्च सल्लाहकारज्यूहरु एवं लिम्चुङबुङ गाउँपालिका, उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिका एवं त्रियुगा नगरपालिका, कटारी, बेलका र चौदण्डीगढी नगरपालिका महानुभावहरु, एमालेका नेता-कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, समर्थक लगायत मानुभावहरुलाई उपस्थिति भइ मनोरञ्जनका साथमा दर खान उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु।’

राजनीतिक गतिविधिका लागि संगठित भएको मञ्च भए पनि उदयपुर सम्पर्क मञ्चले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएको मञ्चका अध्यक्ष थापाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तीज विशेष कार्यक्रम पनि सम्पर्क मञ्चले हरेक वर्ष गर्ने नियमित कार्यक्रम हो।’

नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध पर्व हो। जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ। हिजोआज तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भएकोले यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ।