अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको हो।

सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त कार्यक्रम २०८४ को चुनाव लक्षित हुने जनाएको छ।