अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री हिक्मत कार्कीद्वारा कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन

मुख्यमन्त्री हिक्मत कार्कीद्वारा कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन


सुनसरी-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्नुभएको छ।

प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको पहिलो चरणको काम भइरहेको छ। यो परियोजना कोशी व्यारेज पूर्वपट्टी पुर्वपश्चिम राजमार्गमा रहेको छ। २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सेन्टरमा १७५ वटा बस पार्क गर्ने गरी पार्किङ स्थल, पेट्रोल पम्प, चालकहरुका लागि विश्रामस्थल, स्वीमिंग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टूरेन्टलगायतका संरचना रहने छन्।

निर्माणाधीन रिफ्रेसमेन्ट सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले पहिलो चरणको काम चाडै सम्पन्न हुने बताउनुभयो। स्थानीयको सहयोगले परियोजनाको काम सहज रुपमा भइरहेको भन्दै उहाँले चैत महिनाभित्रै पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिनुभयो।

दोस्रो चरणको काम हुँदा पनि स्थानीयको सहयोग आवश्यक हुने उहाँले बताउनुभयो। सबैको साथ सहयोग रहेमा परियोजनाका सबै काम तीन वर्षभित्रै पुरा गर्न सकिने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणका काम सम्पन्न गर्न ५७ करोड ९८ लाख लागत लाग्ने अनुमान गरिएको भएपनि काम सम्पन्न गर्न भने ३० करोड ४३ लाखमा सम्झौता भएको छ।

परियोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अनुगमनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री जगदिशप्रसाद कुसियैतले परियोजनाका विषयमा र स्थानीयका समस्याहरुका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो।
अनुगमन टोलीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना,प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा, सचिव अशोक साह तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थो।