काठमाडौं-नेपाल मगर संघ, ओखलढुङ्गा-काठमाडौं सम्पर्क समितिको १८औं स्थापना र छैठौं अधिवेशन काठमाडौंमा गर्ने भएको छ।
सम्पर्क समितिले २०८१ भदौ १५ गते शनिवारका दिन नयाँ कार्यसमिति चयन लागि छैठौं अधिवेशनबाट नयाँ काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समाजको सभा हलमा गर्ने अन्तिम तयारीमा जुटेको हो।
सम्पर्क समितिको छैठौं अधिवेशन काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समाजको सभा हलमा २०८१ भदौ १५ गते शनिवार सम्पन्न गर्न लागेको नेपाल मगर संघ, ओखलढुङ्गा–काठमाडौं सम्पर्क समितिको सचिव सन्तोष थापा मगरले जानकारी दिनुभयो। कार्यक्रम भदौ १५ गते शनिवारका दिन बिहान १० बजेदेखि सुरु हुने समितिका सचिव थापा मगरले बताउनुभयो।
नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष झबिन्द्र पुन मगरको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै ओखलढुङ्गा जिल्लाबाट काठमाडौं उपत्यकामा आई स्थायी तथा अस्थायी रूपमा बसोबास गरी विभिन्न पेशा-व्यावसाय गरी बस्नुहुने सम्पूर्ण मगर समुदायका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई उपस्थितिको लागि समितिका सचिव थापा मगरले हार्दिक अनुरोध गर्नुभएको छ।
ओखलढुंगा-काठमाडौं सम्पर्क समितिको पाचौँ अधिवेशनबाट कुशल आले मगरको अध्यक्षमा नयाँ कार्यसमिति गठन गरेको थियो। त्यस्तै उपाध्यक्षमा तिलक बहादुर थापा, महिला उपाध्यक्षमा धन कुमारी मगर सचिव सन्तोष थापा मगर, सहसचिवमा डिभि मगर, कोषाध्याक्ष पवित्रा मगर सहकोषाध्यक्ष सकुन मगरसहित २९ जना कार्यसमिति चयन गरेको थियो।
ओखलढुंगा जिल्लाबाट काठमाडौं आई स्थायी, अस्थायी रुपमा व्यापार-व्यवसाय, जागिर तथा अध्ययन गरेर बसोबास गर्ने सम्पूर्ण मगरहरुलाई समेटी दुःख-सुखमा सहयोग पुग्ने हेतुले २०६४ सालमा आवद्ध भएको समितिले जनाएको छ।
प्रतिक्रिया