अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो भदौ १८ र १९ गते पोलिटब्युरो बैठक

एमालेले बोलायो भदौ १८ र १९ गते पोलिटब्युरो बैठक


काठमाडौँ-नेकपा (एमाले)ले पोलिटब्युरो बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो। 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनामामाथि सचिवालय सदस्य धारणा राखेको र पोलिटब्युरो बैठकमार्फत २०८१ को पार्टी कार्ययोजनाबारे छलफल गर्ने निर्णय गरेको बताउनु भयो।

‘कार्ययोजनालाई पोलिटब्युरोमा छलफल गराउने गरी १८ र १९ गते बैठक आह्वान भएको छ’, गौतमले भन्नभयो। 

पोलिटब्युरो बैठकले आज सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई अन्तिम रूप दिनेछ। बैठकमा पार्टीको वार्षिक कार्ययोजना मस्यौदा प्रस्तुत गरिएको र प्राप्त सुझावलाई पोलिटब्युरोबाट अन्तिम रूप दिने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो।

उपमहासचिव ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताउनु भयो । उहाँले ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको बताउनु भयो। पार्टी प्रवेश र जिम्मेवारी विहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताउनु भयो।

हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको सुरुवात गर्ने, कमिटीहरू विधिसम्मत ढंगले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरूमा सात वटा स्थायी पार्टी स्कुलहरू सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दीक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताउनु भयो।