अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा हाइड्रोजन कारको शुभारम्भ

प्रधानमन्त्री ओलीद्वारा हाइड्रोजन कारको शुभारम्भ


धुलिखेल-प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थितकाठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गर्नुभएको छ।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ञहाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो।